एमालेकाे सचिवालय बैठक बस्दै
प्रकाशित मिति : 22 March, 2024 1:50 pm
काठमाडौं । नेकपा एमालेले सचिवालयको बैठक बोलाएको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बस्नेगरी सचिवालय बैठक बाेलाइएकाे एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले जानकारी दिनुभयाे । बैठकमा देशकाे पछिल्लाे राजनीतिक अवस्था, सरकारका काम कारबाही, आगामी वैशाखमा हुने उपचुनाव लगायत विषयमा छलफल हुनेछ।
एमालेलाई पनि समाजवादी माेर्चामा सहभागी गराउने चर्चा भइरहेका बेला सचिवालय बैठक बाेलाइएकाे छ। आज बसेकाे समाजवादी मोर्चाको बैठकले एमालेलाई पनि भित्र्याउन प्रयास गर्ने निर्णय गरेको थियाे। बिहीबार साँझ नेकपाका महासचिव एवं समाजवादी माेर्चाका संयाेजक नेत्रविक्रम चन्द विप्लवले बालकाेट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएकाे थियाे।
0
Shares












