नेपाली चाडपर्व र सँस्कृती बारे चिनियाँ नागरिकको लेख
––गरिमा–
नेपाल बहुजातीय ,बहुभाषिक , बहुधार्मिक र बहुसांस्कृतिक देश हो । नेपालमा धेरै चाडपर्वहरु छन् । नेपालीहरु विक्रम सम्वत् अनुसार चाडपर्वहरु मनाउछन् । विभिन्न जात –जातिहरुले आ –आफ्नै किसिमले आ –आफ्नाे चाडपर्व मनाउँछन् । नेपालीहरुको चाडवाड विशेष गरी आश्विन ,कार्तिक र मंसिर महिनामा पर्ने गर्दछ ।
चीन र नेपाल छिमेकी मुलुक हाे । चीन पनि एउटा प्राचीन देश हो । चिनियाँहरु आफ्नो चन्द्र पात्रो अनुसार धेरै चाडहरु मनाउछन् र समारोहहरु गर्छन् ।
दुबै देशमा फरक फरक किसिमले चाडहरु मनाइन्छ । फरक किसिमले चाडहरु मनाइएतापनि केही चाडहरु र सस्कृतिहरु मिल्दा जुल्दा देख्न सकिन्छ ।
जस्तै यस वर्षको सेपटेम्बर २८ तारिख नेपालमा जात्रा इन्द्र जात्रा भयो । इन्द्र जात्रा भाद्र महिनामा मनाइन्छ । यो जात्रा नेपालको राजधानी काठमाडौंको पर्व हो । इन्द्र भगवानले पानी दिने भएकाले यो जात्रा कृषिको लागि महत्वपूर्ण मानिन्छ । त्यसैले मानिसहरुले इन्द्र जात्रामा इन्द्र भगवानको पुजा अर्चना गर्छन । पानी दिएकोमा भगवानलाई धेरै धेरै धन्यवाद दिने गर्छन् ।
यो जात्रामा धेरै मान्छेहरु काठमाडौँ हनुमानढोका दरबारमा गएर सँगै जात्रा मनाउने गर्छन् । कुमारी जिवित देवी हुन् भन्ने कुरा विश्वास गरिन्छ । कुमारीले पनि मानिसहरुलाई आशीर्वाद दिनुहुन्छ । अनि मानिसहरु कुमारी भेटेर भाग्यमानी ठान्छन् । सामान्य समयमा कुमारी हेर्न धेरै गाह्रो छ ।
कुमारी कुमारी घर मा बस्नुहुन्छ । बाहिर कतै पनि निस्कनु हुदैन । तर यस जात्रामा जिवित देवी कुमारीलाई भैरव रथमा राखी काठमाडौँ घुमाइन्छ । कुमारी जात्राको दिन कुमारीलाई हेर्न अलिकति भएपनि सजिलो हुन्छ ।
त्यसैले इन्द्र जात्रा एउटा किसिमको प्रकृतिलाई धन्यवाद दिने र देवको आशीर्वाद लिने चाड पनि हो भनेर भन्न सकिन्छ ।
यसले यहाँको मानिसहरूको प्रकृतिप्रति आदर देखाउँछ । धेरै समय अघि चिनियाँहरुमा पनि यस्तो समारोह भएको पाइन्छ । उदाहरणको लागि, अहिले चीनको राजधानी बेजिंगमा थ्यान थान भन्ने आकर्षण पर्छ । यो सुरुवाद मींग सालमा बनाइएको छ । अहिले सम्म यस्को ६०० वर्षको इतिहास पाइन्छ । यो पहिला प्रकृतिलाई आशा दिने समारोहहरू आयोजना गरिएको ठाउँ हो । मान्छेहरुले राम्रो कृष र खेती चाहेकोले बसन्त को विशेष समयमा ठुलो समारोह गरेर प्रकृतिलाई आफ्नो आशा दिए अनि धन्यवाद पनि दिने गरेको पाइन्छ ।
इन्द्र जात्राको केही दिन अघि अथवा केही दिन पछि चिनियाँ मध्य–शरद पर्व आउछ । यस वर्ष मध्य–शरद पर्व र इन्द्र पर्वको बीचमा एक दिन मात्र बाँकी छ । सेपटेम्बर २९ तारिख मध्य–शरद पर्व भयो । मध्य–शरद पर्व, जसलाई चन्द्र पर्व वा मुनकेक पर्व पनि भनिन्छ, चिनियाँ संस्कृतिमा मनाइने फसल पर्व हो । यो चिनियाँ चन्द्र पात्रो को ८औं महिनाको १५औं दिन, जस महिनाको पूर्णिमा मनाउँछन्। मध्य–शरद पर्व चिनियाँ संस्कृतिमा सबैभन्दा महत्त्वपूर्ण बिदाहरूमध्ये एक हो; यसको लोकप्रियता चिनियाँ नयाँ वर्षसँग बराबर छ ।
यसदिन चन्द्रमा सबभनदा गोलाकार र उज्यालो देखिन्छ भनेर चिनियाँहरु विश्वास गर्छन् । अनि गोलाकार चिनियाँ भाषामा “थगबल”भनिन्छ । पुनर्मिलन चिनियाँ भाषामा “तगबल थगबल भनिन्छ । मान्छेहरुले परिवारहरु सधैंको लागि खुशी जिवन बिताएको आशा लिएकोले यस पर्वमा चिनियाँहरु जम्मा भएर भोजन खान्छन्, मूनकके खान्छन्, सँगै चन्द्रमाको आनन्द लिन्छन् ।
त्यस बाहेक , मध्य–शरद पर्वको अर्थ फसलको लागि प्रकृतिलाई धन्यवाद दिने पनि छ । चन्द्र पात्रोको अगस्टको मध्यमा अन्न फसलको समय हो। तिनीहरूको सुरक्षाको लागि देवताहरूलाई धन्यवाद दिनको लागि, मानिसहरूले “शरद रिपोर्ट“ भनिने अनुष्ठान र उत्सवहरूको श्रृंखला राख्छन्। केही कथामा पनि जमिन देवको पारेमा पढ्नुहुन्छ । त्यसैले यस कोणबाट ,चीनको मध्य–शरद पर्व र नेपालको इन्द्र जात्रा केही उस्तै अर्थ पाइन्छ ।
परिवारको लागि नेपालमा एउटा प्रसिद्ध चाडपर्व पनि छ ।यस चाडको नाम तिहार हो । यो एउटा रमाइलो चाड हो ।
तिहार हिन्दु धर्मावलम्बीहरूको दसैँ पछिको सबैभन्दा ठूलो पर्व हो । यो चाड नेपालीहरु मात्रै मनाउँदैनन् ,अरु देश को मान्छेहरु पनि मनाउँछन् । विदेशीहरू विशेष गरी भारतमा यस चाडलाई दिपावली भन्छन् । पाँच दिनसम्म मनाइने भएकाले तिहारलाई यमपञ्चक पनि भनिन्छ। यस पर्व को एउटा पुरानो कथा छ ।
यम अथवा यमराज सूर्य देवको छोरा हुनुहुन्छ । यम मृत्यु र न्याय को देव हुनुहुन्छ । उहाँ पहिलो बितेको मान्छे भनेर यहाँको मानिसहरु विश्वास गर्छन् । सबै मानिसहरु एक पटक स्वर्गवास जानुपर्छ । तर एक दिन यमराजले आफ्ना दुतहरुलाई आदेश दिए – “यमपंचकको बेलामा जुन घरमा जसजसले यमराजका सम्मानममा आफ्नो घर सफासुग्घर राखी ,पारस्परिक द्वेषभाव हटाई घरघरमा दीपावली गरेर श्रद्धाभावले पूजाआजा गर्दछन् र सुखमय जिवन बिताउँछन् ,ती मानिसहरुका घरमा अकाल मृत्य र कष्टदायक मृत्यु हुने छैन ।” त्यसैले ,यो चाडमा मान्छेहरु आफनो घर सफा गर्छन् र पूजा गर्छन् ।
तिहार को प्रत्येक दिन फरक फरक किसिमले तिहार मनाइन्छ । तिहारका ५ दिनहरु मध्ये पहिलो दिनको चाडको नाम काग तिहार हो। काठमाडौंमा धेरै कागहरु र परेवाहरु छन् । हरेक दिनको बिहान उनीहरु देख्न सकिन्छ अनि उनीहरुको स्वर पनि सुत्नु हुन्छ । काग यमराजको दुत हो । यमराजबाट यो दुत मान्छेहरुलाई लिन उनीहरुको घरमा आउँछ भनी मान्छन् । काग वर्षभरी व्यस्त छ ,तिहारको पहिलो दिन मात्र आराम गर्छ। यो दिन मानिसहरु छानामा वा घरको बाहिर पातले बनाएको थालमा केही खाना राख्छन् ।यो रात्री मान्छेले नयाँ वर्ष राम्रो बित्न को लागि एउटा बत्ती बाल्छन् ।
अनि कुकुर तिहार यमपञ्चकको दोस्रो दिन हो , जसमा मानिसहरूले पनि पूजा गर्छन् ।कुकुर यमराजको दरबारको पाले भनिन्छ । यस दिन सबै कुकुरहरूलाई मासु ,दूध र अण्डा खुवाउँछन् । अनि कुकुर यमराजको दरबारको पाले मात्र होइन , इतिहासमा उच्च स्थान पनि कुकुरको छ । कथा अनुसार ,युधीष्टिरले कुकुरलाई स्वर्गमा लैजान चाहनुभयो । त्यसैले मानिसहरु के विश्वास गर्छन् कि कुकुरले उनीहरुलाई स्वर्गमा पुर्याउनु हुन्छ । वास्तवमा कुकुर पनि हाम्रो राम्रो साथी हो । कुकुर आफ्नो मालिकलाई माया गर्छ र वफादार हुन्छ । मान्छेको राम्रो सहायक हो । त्यसैले कुकुर तिहारमा मानिसहरुले कुकुरलाई मिठो खाना खुवाउँछन् ,टिका लगाउँछन् र फुलको माला लगाउँछन् ।
तेस्रो दिनको नाम गाई तिहार र लक्ष्मी पूजा हो । विहान गाई तिहार भने बेलुका लक्ष्मी पूजा हो । गाई नेपालको विशेष गरी महत्त्वपूर्ण जनावर हो । नेपालको राष्ट्रिय जनावर हो नि। किनभने गाई मानिसहरुलाई धेरै कुरा दिनुहुन्छ भनेर यहाँ विशास गर्छन् । जस्तै ,दूध ,चीज ,घिऊ ,दही ,गहूँत आदि । त्यसैले गाई तिहारमा गाइलाई पनि टिका लगाउँछन् र फुलको माला लगाउँछन् ।
अनि बेलुका लक्ष्मी पूजा शुरू हुन्छ । लक्ष्मी देवीले मानिसहरुलाई धन दिनु हुन्छ । उहाँलाई सफा गरेको घरमा पस्न मन लाग्छ । तिहारको दोस्रो दिनमा सबै साहुजी साहुनी आफ्नो पसल सफा गर्दै छन् भन्ने कुरा मैले देखें । आफूहरुले लक्ष्मीबाट आशिवार्द चाहेकोले र आफूहरु धनी हुन चाहेकोले सबै लक्ष्मी पूजा गर्छन् । लक्ष्मी पूजाको दिनमा देशभरि दीपावली हुन्छ, झिलिमिलि हुन्छ । अनि हरेक घर को अगाडि विभिन्न रंगोली बनाउँछन् ।
चौथो दिनको चाडको नाम गोरु तिहार हो । गोरु नेपालका किसानहरुको ठूलो सहयोगी हो । कृषिको लागि निकै महत्वपूर्ण छ । अनि यस दिन पनि मह पूजा पनि गरिन्छ । मह पुजाको धेरै अर्थ पनि हुन्छ ।
अनि तिहारको पाँचौं र अन्तिम दिन भाइ तिहार हो । त्यस दिनमा दिदीबहिनीहरुले आफ्नो दाईभाईलाई टिका लगाउँछन् । दिदीबहिनी नभएको दाईभाईले काठमाडौं को रानीपोखरी गएर त्यहाँ टिका पाउनु हुन्छ । यमराज आफ्नो बहिनी यमुनालाई धेरै मन पराउनेभएकोले यमुना को दाजुभाइ र दिदीबहिनीबीचको माया सदा रहोस् भन्ने इच्छा पूरा गरे । त्यसले यो चाड दाजुभाइ र दिदीबहिनीबिचको माया र सद्भावको चाड हो।
चीनमा यस्तो धेरै किसिममा मनाउने र परिवारसंग मिलेर मनाउने चाड वसन्त चाड भनिन्छ। यो चिनियाँहरुको लागि नयाँ वर्ष शुरू हुन्छ । यो पनि चन्द्र पात्रो अनुसार र कृषि खेती कोलागि गरिएको छ । शुरुवादमा मान्छेहरु बसन्त चाडमा पनि प्रकृतिलाई पूजा गरे । बसन्त ऋतु कृषिकोलागि निकै महत्वपूर्ण छ । त्यसैले मानिसहरु राम्रो मौसमको लागि प्रकृतिलाई पूजा गर्छन् ।
वसन्त चाडमा धेरै कार्यक्रम छन् । नयाँ वर्ष अघि घरको ढोकामा वसन्त दोहोरीहरू टाँस्छन् ,झ्यालमा रातो विन्डो ग्रिलहरू टाँस्छन् । मान्छेहरु पनि नयाँ वर्षको सामान किन्छन् । खाना ,खाजा ,नयाँ लुगा ,उपहार आदि सबै नयाँ वर्षअघि तयारी हुनु पर्छ । नयाँ वर्षअघि परिवार पनि सँगै घर सफा गर्छन् ,जसको अर्थ पुरानो कुरा गएर नयाँ चाहिँ आउँछन् ।
नयाँ वर्षको पूर्वसन्ध्या बेलुका परिवारको सबै जना सँगै भोजन खान्छन् । वर्षभरी बाहिरमा काम गरेको छोरा छोरी पनि घर फर्केर नयाँ वर्षको पूर्वसन्ध्या रात्रिभोज खान्छन् । यो बसन्त चाड अघि चीनको यातायात निकै व्यस्त भएको कारण हो । यस राति मानिसहरु सुत्दैन । घरमा बत्ती रात्रीभरी बाल्छन् अनि नयाँ वर्ष पर्खन्छन् । भोज खाएर परिवार त्ख् हेरछन् ,खाजा खान्छन् , तास र मजियांग खेल्छन् । ज्यादै रमाइलो छ ।
नयाँ वर्ष शुरू भएर बसन्त चाडमा चिनियाँहरु उपहार लिएर नातेदारको घर जान्छन् ।भाई बहिनी भेटेर खुशी लाग्यो । धेरैजसों सानाहरु बुढोहरुको घर भिजित गर्छन् अनि त्यहाँ खाना खान्छन् ।जस्तै भान्जोले मामाको घर गएर मामाको परिवारसँग खाना खान्छ। अनि बुढोहरुले सानो केटाकेटीहरुलाई रातो दक्षिणा दिनुहुन्छ । यो केटाकेटीहरुलाई वर्षभरी सबभन्दा खुशी लागेको समय हो ।
बसन्त चाडमा बाहिर धेरै भिडभाड हुन्छ ।सपिङ्ग मलभित्र मानिसले भरिएको छ। सडकको छेउमा चिनियाँ गाँठो र ठुलो रातो लान्लटन झुण्ड्याइएको छ। केही चोकमा पनि ड्र्यागन नृत्य र सिंह नृत्य देख्नुहुन्छ । रातिमा आतिशबाजी छ । धेरै रमाइलो छ ।
वास्तवमा परम्परागत रूपमा चिनियाँहरु चन्द्र पात्रोको अन्तिम महिनाको २३औं देखि प्रत्येक दिन फरक किसिममा नयाँ वर्षको लागि तयारी गर्छन् । बसन्त चाड नयाँ वर्षको पहिलो दिन देखि जम्मा १५ दिन मनाइन्छ। हरेक दिन विभिन्न कुरा गरिन्छ ।
उदाहरणको लागि ,नयाँ वर्षको ५औं दिन ब्यापारीहरुको लागि निकै महत्वपूर्ण दिन हो । यस दिनमा ब्यापारीहरु आफ्नो पसल को ढोका को अगाडि पटाखा बालेर पसल खोल्छन् ।
यसो गर्दा पूर्वी दक्षिण पश्चिमी उत्तरी र मध्यको धनको देवी आफ्नो पसल आउनुहुने छ भनेर चिनियाँहरु विश्वास गर्छन् । किनभने यो दिन धनको देवीको जन्म दिन हो । पटाखा बालेपछि गरिबी फालीन्छ र नयाँ वर्षको गर्न नहुने कुराहरु अबदेखि गर्नु हुन्छ भनेर भनिन्छ ।
१५ औं दिन चीनको लालटेन चाड हो । यस चाडमा मानिसहरु लान्लटनको प्रशंसा.गर्छन् । तिहार को तेस्रो दिन अलिअलि उस्तै हो । बाहिरमा झिलिमीली देखिन्छ । यो दिन चिनियाँहरु “थगबलहष्बय”भन्ने खाना खान्छन् ।बल रूपको यूमरी जस्तै हो । बाहिर टाँसिने चामल बनाएको पीठो अनि भित्रमा चिनी , बदाम, तिल, मासु आदि कुरा राखिन्छ । जसलाई मन पर्छ ,त्यसलाई भित्र राख्नु हुन्छ । एउटा भाडोमा सँगै रोल गरेर उमालेको पानीमा केही मिनेट पकाएपछि खानु हुन्छ । यस खाना को अर्थ पनि सबै कुरा आफ्नो आशामा चलाएको आशा हो ।यस दिन पछि ,बसन्त चाड समाप्त हुन्छ।
त्यसैले बसन्त चाड अथवा चिनियाँ नयाँ वर्ष जम्मा १५ दिन मनाइन्छ । नेपालको दशैं पनि १५ दिन मनाइन्छ । तर अहिलेको चिनियाँहरु १५ दिनमा प्रत्येक दिनको समारोह सबै गर्दैन ,मात्रै केही महत्वपूर्ण दिन मनाउँछन् ।
नेपालमा र चीन दुबै देशमा धेरै रमाइलो चाडपर्व र जात्रा छन् । यी चाडपर्व र जात्रामा मानिसहरुको सुखको विश्वास गर्छन् । नेपालीहरु प्रकृतिलाई धन्यवाद दिन्छन् । अनि चिनियाँ ताऊ धर्ममा पनि मान्छे र प्रकृति राम्ररी रहनुपरेको वाक्य पाइन्छ । नेपालीहरु कृषिलाई निकै महत्व दिन्छन् भने चीनमा वर्षभरी द्दद्ध सौर्य सर्तहरू पनि छन् । चिनियाँहरु पनि कृषिलाई निकै महत्व दिन्छन् ।
नेपालीहरु आफ्नो परिवारलाई निकै माया गर्छन् भने चिनियाँहरु पनि आफ्नो परिवारलाई निक्कै माया गर्छन । फरक देश भएतापनि चिनियाँ र नेपालीको विचार उस्तै रहेको पाइन्छ ।
चीन र नेपालको संस्कृतिमा धेरै समानताहरु छन् । त्यसैले पनि चाडपर्वहरुमा दुवै देशको संस्कृति को समानता देख्न सकिन्छ ।
लेखिका कम्युनिकेशन यूनिवर्सिटी अफ चाइनामा अध्यनररत हुनुहुन्छ । उहाँको नेपाली नाम गरिमा हो ।