२६ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपाली सेनाको प्रशंसा गर्दै जंगी अड्डा पुगे रक्षामन्त्री

प्रकाशित मिति :  १२ चैत्र २०८०, सोमबार १७:०५


काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय एकीकरण अभियान प्रारम्भदेखि नेपालको एकता, अखण्डता, संस्कृति, परम्परा जोगाइराख्न नेपाली सेनाले निर्वाह गर्दै आइरहेको भूमिका प्रसंशनीय रहेको बताउनुभएको छ ।

सोमबार सैनिक मुख्यालय जंगी अड्डाको निरीक्षण गर्दै मन्त्री उप्रेतीले संवैधानिक दायित्व र समय क्रममा सरकारले सुम्पँदै आएको जिम्मेवारी अब्बल ढंगबाट पूरागरी सेना जनताको भरोसाको केन्द्रका रूपमा रहेको उल्लेख गर्नुभएको छ ।

मन्त्री उप्रेतीले सेनाले राज्यका सबै विकट स्थानसम्म पुगेर सडक पूर्वाधार तयार गरी योगदान पु¥याउँदै आएको बताउनुभएको छ ।

मन्त्री उप्रेतीसमक्ष सेनाको सङ्गठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा सञ्चालन गरिरहेका विविध गतिविधिबारे जानकारी गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यस अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले बदलिँदो अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय परिवेशबाट सिर्जित चुनौती सम्बोधन, समाधान र न्यूनीकरण गर्न क्षमता अभिवृद्धि आवश्यक बताउनुभएको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !