२६ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र सीपीसीका स्थायी समिति सदस्य वाङ हुनिङबीच भेटवार्ता

प्रकाशित मिति :  १२ चैत्र २०८०, सोमबार २१:२१


काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का स्थायी समिति सदस्य वाङ हुनिङबीच भेटवार्ता भएको छ ।

चीन भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री श्रेष्ठ र सीपीसी नेता वाङबीच सोमबार भेटवार्ता भएकाे हाे । भेटमा उहाँहरुबीच दुई देशबीचको सम्बन्धका विविध विषयमा कुराकानी भएकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।

छलफलमा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध उत्कृष्ट रहेकोमा खुशी व्यक्त गर्दै द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सहयोग गर्ने दुवै पक्षबाट प्रतिबद्धता व्यक्त भएकाे छ । उपप्रधानमन्त्री श्रेष्ठ र सीपीसी नेता वाङबीचकाे छलफल आर्थिक विकास र समृद्धिमा केन्द्रित रहेकाे पनि परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।

वाङ चीनको सरकारलाई सल्लाह दिने चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी) का अध्यक्ष समेत हुनुहुन्छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !