३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

संयुक्त मोर्चा र कार्यगत एकता जसपाका प्रमुख कार्यभार: पूर्ण बस्नेत

प्रकाशित मिति :  १३ चैत्र २०८०, मंगलवार १०:३५


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको पाँचवटा मुख्य कार्यभार तय गरेको छ ।

पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने पार्टीको नीति तथा कार्यक्रम मस्यौदा समितिको बैठकबाट पार्टीका मुख्य कार्यभार गरेको छ ।

जसअनुसार जसपाले पार्टी एकीकरण, संयुक्त मोर्चा र कार्यगत एकतालाई मुख्य कार्यभार तय गरेको छ ।

यसैगरी सरकार, संसद र जनसंघर्षलाई पनि कार्यभार हुने गरी दस्ताबेजको मस्यौदा तयार गर्न लागिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

बस्नेतका अनुसार, वैचारिक राजनीतिक काम, संगठनात्मक काम, प्रचारात्मक कामसमेत कार्यभारको रुपमा समेटिएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !