१५ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राप्रपाले पठायो इलाम २ उपनिर्वाचनका लागि उम्मेदवारको नाम

प्रकाशित मिति :  १३ चैत्र २०८०, मंगलवार १२:५९


इलाम । इलाम दुई उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) इलाम जिल्ला समितिले उम्मेद्वारको नाम कोशी प्रदेश समितिमा सिफारिस गरेको छ ।

वैशाख १५ गते हुने संघीय उपनिर्वाचनका लागि राप्रपा इलामको जिल्ला कार्य सम्पादन समितिको बैठकले क्रमशः लक्ष्मी गुरुंग, यामनाथ भण्डारी र लालबहादुर डांगीको नाम उम्मेदवारको रुपमा प्रदेशमा सिफारिस गरेको राप्रपा इलामका प्रवक्ता गोपाल पौड्यालले बताउनुभएको छ ।

बैठकमा राप्रपा कोशी प्रदेश अध्यक्ष तथा दमक नगरपालिकाका प्रमुख राम थापा, कोशी प्रदेश सभासद गोपाल गजमेर र हल्दिबारी गाउँपालिकाका अध्यक्ष तथा राप्रपा इलाम क्षेत्र नम्बर दुई उपनिर्वाचनका संयोजक रविन्द्र लिङ्देनको समेत उपस्थिति रहेको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !