३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दुर्गा प्रसाईंका सुरक्षा गार्डको हतियारबारे छानविन गर्न मागः रघुजि पन्त

प्रकाशित मिति :  १४ चैत्र २०८०, बुधबार १४:४२


काठमाडौं । नेकपा एमालेका सांसद रघुजि पन्तले सुरक्षा संयन्त्रमाथि प्रश्न उठाउनुभएको छ ।

बुधबार राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षा गार्डले बोकेको हतियारको लाइसेन्स दिने प्रावधान नभएको भन्दै छानविन गर्न गृह प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।

उहाँले भन्नुभयो, ‘दुर्गा प्रसाईंका सुरक्षा गार्डले बोकेको हतियारका लागि लाइसेन्स दिने प्रावधान छ कि छैन ? संसारमा निहत्था नागरिकको हत्याका घटनाहरुलाई ध्यानमा राखेर हाम्रो सुरक्षा व्यवस्था कडा बनाउनुपर्छ । यस्ता हतियारहरु कति जनालाई दिइएको छ ? कति हजारको संख्यामा छ । त्यस्ता हतियार फिर्ता दिने विषयलाई गृहले कति गम्भीर रुपमा लिएको छ ?’

सांसद पन्तले प्रसाईंलाई दिइएको हतियारको प्रकार हेर्दा हतियारको लाइसेन्स जारी गर्ने नीतिमाथि पुर्नविचार गर्नुपर्ने उल्लेख गर्नुभयो ।

कुनैपनि नागरिकले आफ्नो सुरक्षाका लागि हतियार बोक्नुपर्ने अवस्था नहुनेगरि गृह मन्त्रालयले सुरक्षा प्रबन्ध गर्नुपर्ने पन्तको भनाइ छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !