३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गगन थापाको चैत्र १५ गतेबाट ‘संवाद यात्रा’ पुनः सुरु हुने

प्रकाशित मिति :  १४ चैत्र २०८०, बुधबार १५:४६


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चैत्र १५ गतेबाट ‘संवाद यात्रा’ पुनः सुरु गर्ने भएका छन् ।

महामन्त्री थापाले संवाद यात्राको तालिका सार्वजनिक गर्दै नवलपरासीको गोपीगञ्जबाट यात्रा सुरु गर्न लागेका हुन् ।

गत माघ २३ मा स्थगित भएको संवाद यात्रा बिहीबार १५ चैत बाट सुरु गर्न लागिएको थापाको सचिवालयले जनाएको छ । ‘पहिला बिबिध कारणवस स्थगित ‘समुदायमा कांग्रेस अभियान’ अन्तर्गत संवाद यात्रामा महामन्त्री गगन कुमार थापाज्यू चैत्र १५, १६ र १७ गते नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाड र बाँके जिल्लाका कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेकाले उत्त कार्यक्रममा सहभागिताका लागि सम्बन्धित जिल्लावासी सबैमा हार्दिक अनुरोध गर्दछौ,’ सचिवालयले एक सूचना जारी गर्दै जनाएको छ ।

१३ माघबाट झापाबाट सुरु भएको संवाद यात्रा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन पछि स्थगित गरिएको थियो । १३ माघ देखि २६ माघसम्म हुलाकी राजमार्गले छोएका जिल्लामा संवाद गर्ने गरी यात्रा तय भएको थियो ।

पार्टीले १६ माघदेखि १० दिनका लागि ‘समुदायमा कांग्रेस’ अभियान देशभर गर्ने गरी कार्यक्रम बनाएको थियो । पार्टीका शीर्ष नेतालाई सात प्रदेश र केन्द्रीय नेताहरुलाई जिल्लामा प्रतिनिधि खटाएर अभियान चलाइएको थियो । बुढाथोकीको निधनपछि रोकिएको ‘समुदायमा कांग्रेस’ अभियानलाई निरन्तरता दिनेबारे भने पार्टीले निर्णय गरिसकेको छैन् । महामन्त्री थापाले अलग्गै अभियान थालेपछि पार्टीभित्र उहाँको आलोचना समेत भएको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !