अब महानगरभित्रका निजी विद्यालयको नाम नेपालीकरण गर्न विद्यालयलाई एक महिनाको समय
प्रकाशित मिति : 29 March, 2024 10:28 am
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयको नाम नेपालीकरण गर्न विद्यालयलाई एक महिनाको समय दिएको छ ।
महानगरपालिकाको शिक्षा विभागद्वारा जारी सूचनामा शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भए बमोजिम नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको उल्लेख छ ।
बिहीबार सूचना जारी गरी महानगरले नेपालीमा नाम राख्न निजी विद्यालयलाई एक महिनाको समय दिएको हो ।
नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्न प्रक्रिया अघि बढाएर एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित शिक्षा विभागमा निवेदन पेश गर्न सबै विद्यालयलाई विभागले आग्रह गरेको छ ।
0
Shares












