११ पुष २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

निरन्तर उकालो लागेको सुनको मूल्यले पुनः प्रतितोला एक्काइस सयले बढेर नयाँ रेकर्ड कायम

प्रकाशित मिति :  १६ चैत्र २०८०, शुक्रबार ११:३८


काठमाडौं । निरन्तर उकालो लागेको सुनको मूल्यले शुक्रबार पुनः नयाँ रेकर्ड बनाएको छ । लगातार बढिरहेको सुन आज प्रतितोला एक्काइस सयले बढेर एक लाख ३० हजार पुगेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख २७ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख २९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार पाँच सय २५ रूपैयाँ पुगेको महासंघले जनाएको छ ।

बिहीबार चाँदी प्रतितोला एक हजार पाँच सय १० रूपैयाँमा कारोबार भएको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !