२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

रास्वपाले इलाम–दुई को प्रतिनिधिसभा उपनिर्वाचनका लागि आज उम्मेदवार घोषणा गर्दै

प्रकाशित मिति :  १७ चैत्र २०८०, शनिबार ०८:५२


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–दुई को प्रतिनिधिसभा उपनिर्वाचनका लागि आज उम्मेदवार घोषणा गर्दैछ ।

रास्वपाबाट मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै भैसकेको छ ।

पूर्व घोषणाअनुसार शनिबार दिउँसो एक बजे इलाम नगरपालिका–सात लाँकुरी चौतारा बजारमा रास्वपाले लिम्बुलाई उपनिर्वाचनको उम्मेदवार घोषणा गर्न लागेको हो ।

सो कार्यक्रममा सभापति रवि लामिछाने र उपसभापति डा.स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सह महामन्त्री कवीन्द्र बुर्लाकोटीलगायतले सम्बोधन गर्ने तय छ । उहाँहरु शुक्रबार नै इलाम पुगिसकेका छन् ।

उपनिर्वाचनका लागि हालसम्म नेकपा एमालेले उम्मेदवारको नाम अघि सारेको छ । भदौ २६ मा एमालेका उपाध्यक्ष सुवासचन्द्रको निधन भएपछि रिक्त पदमा नेम्बाङकै कान्छा छोरा सुहाङ नेम्बाङलाई बाबुको स्थानमा एमालेले उम्मेदवार रोजेको हो ।

आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ मा उम्मेदवारी दर्ताको कार्यतालिका तोकेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !