नेपाल चीन सम्वन्ध, अनि राजा नरेन्द्र देव
काठमाडौं । अहिले तीव्र विश्व राजनीतिक चलखेल सुरु भएपछि भने नेपाल र चीनको मित्रतालाई कमजोर बनाउन धेरै राष्ट्रहरु लागेको बुझिन्छ ।
नेपाल र चीनको मित्रतालाई कमजोर बनाउन लाग्नुमा आजको दिनमा चीनले गरेको चमत्कार र चीनको चमत्कारमा ईस्या गर्ने शक्ति राष्ट्रहरु हुन् ।
अहिले चीन संसारको एउटा आर्थिक शक्ति राष्ट्र हा्े । धनी राष्ट्र हो नागरिक पनि सम्पन्न भएको राष्ट्र हो ।
अहिलेको चीनलाई अलग गरेर आधुनीक विश्वको कल्पना गर्न पनि सकिदैन । किनभने हर चिजमा ची जोडिन्छ ।
चीन पूर्णरूपमा राजनीतिक स्थायित्व र आर्थिक अनुशासन भएको देश पनि हो । त्यसैले चीनप्रति कसैले पनि अनुदार बन्ने प्रयास गर्नु, चीनसँग लगानीका सम्भावना त्यागेर विकासबाट विमुख बन्नु र चीनलाई शंकित बनाउनु भनेको आफ्नु खुट्टामा आफैले बन्चरो हान्नु हो ।
विश्वभरका अहिलेको शक्ति राष्ट्रहरुलाई चुनौतिको विषय बनेको छ चीन ।
विश्वलाई चुनौति वनेको चीन नेपाल सम्वन्ध विगार्न विभिन्न मुलुक लापरेका छन् ।
ति मुलुकहरुले चीन नेपाल प्राचिन सम्बन्धलाई भत्काएर चीन सँग नेपालको घुलमिल हुन नदिन अहिले विभिन्न प्रपञ्च गरेको देख्न पाईनछ ।
चीन सँगको नेपालको सम्वन्ध कहिले देखि सुरु भयो भनेर एकिन गरेर भन्न सकिने ठाँउ छैन । तर पनि हजारौं वर्ष देखिको पुरानो सम्वन्ध हो भनेर पुष्टी गर्ने धेरै आधारहरु छन् ।
छिमेकी मुलुक भएको नाताले चीन सँगको नेपालको सम्बन्ध धेरै नै पुरानो हो भनेर भन्न सकिन्छ ।
नेपालको रिति रिवाज सस्कृति हेर्दा र चीनको रितिरिवाज सस्कृति हेर्दा कुनै प्रमाण नै फेला नपरे पनि नेपाल चीनको सम्बन्ध धेरै नै पुरानो हो भनेर मान्न सकिन्छ । रितिरिवाज पनि सम्वन्धमापन गर्ने चिज हो ।
तर पनि विगत १५०० बर्ष देखि भने नेपाल र चीनको निरन्तर सम्वन्ध रहदै आएको छ ।
अर्थात १५०० वर्ष देखि नेपाल र चीनको सम्बन्ध घनिष्ठ रहेको वुझिन्छ ।
चीन नेपाल सम्वन्धको कुरा गर्दा यो करा पनि बुझौं । यसले झन् नेपाल चीन सम्बन्धको विषयमा उजागर गर्छ ।
ई .सं. ६४० मा चीनबाट पहिलो पटक २२ जना विद्वान् केरुङ नाका हुँदै काठमाडौं आएका थिए । उनीहरुले नेपालका राजा नरेन्द्र देवलाई चिनियाँ सम्राटको उपहार र सन्देश ल्याएका थिए ।
त्यतिवेला तिब्बत चीनको अधिनमा राजा स्रोङ्गसेन गम्पोद्वारा सासित थियो र उनलाई चिनियाँ सम्राटले तिब्बतमा शासन गर्ने अख्तियारी प्रदान गरेका थिए ।
ती विद्वान् लामो समय काठमाडौंमा बसी अध्ययन समाप्त गरी लुम्बिनी गए गएका थिए । लुम्बिनीमा शाक्यमुनीको जन्मस्थान अवलोकन गरी मगध गए । त्यतिवेला मगधमा उनीहरुलाई एउटा सैनिक तानाशाहले पक्राउ गरी केहीलाई मा¥यो र केहीलाई थुनामा राखेको थियो ।
थुनामा परेका ती यात्री विद्वान्हरुलाई सकुशल घर फर्काइदिन चीनका सम्राटको अनुरोधपत्र लिई चिनियाँ सम्राटका १७०० प्रतिनिधि घोडसवार सेनासहित ल्हासाबाट काठमाडौं आएका थिए । त्यसछि राजा नरेन्द्र देवले थप आफ्ना सात हजार घोडसवार सैन्यसहित मगधमा पठाए । ती बचेका यात्रीलाई मगधबाट सकुशल फिर्ता ल्याए र त्यस शासकलाई समेत पक्राउ गरी चीनका सम्राटसमक्ष पठाइदिए ।
त्यतिवेला चिनियाँ सरकारले खुसी हुँदै नेपाललाई उपहारहरु पठाएको थियो । त्यसैबेलादेखि चीन र नेपालबीच अविच्छिन्न पारस्परिक सम्बन्ध स्थापना भएको बुझ्न सकिन्छ ।
अर्को कुरा ।
स्रोङ्गसेन गम्पोसँग भृकुटीको विवाह भयो र विवाहा पच्छयात नेपालका विद्वान्हरुले तिब्बतमा थुप्रै बौद्ध मन्दिर बनाए ।
तिब्बती भाषाको लिपि निर्माण गरे र ल्हासाको प्रसिद्ध जोखाङ मन्दिरसमेत नेपाली विद्धानहरुले निर्माण गरेका थिए ।
त्यसपछि तिब्बतमा बौद्ध धर्म र सभ्यता निर्माण भएको पाइन्छ । त्यसपछि तिब्बतका मानिसले नेपाललाई स्वर्गभूमि तपोभूमिका रूपमा स्वीकार गरे ।
अनि नेपाल र चीनबीच व्यापार सुरुवात भयो । चिनियाँहरुले नेपालीलाई कागज बनाउन सिकाए अनि नेपाल दक्षिण एसियामा कागज उत्पादन गर्ने पहिलो देश बन्यो । नेपाल औद्योगिक रुपमा प्रवेश गर्यो त्यपछि नेपालबाट कालिगढहरु चीनमा गएर प्यागोडा निर्माण गरे ।
अरनिकोले १२ औं शताब्दीमा बेइजिङमा ’ह्वाइट प्यागोडा लगायत अन्य मन्दिर निर्माण गर्नुभयो ।
यसरी हेर्दा पनि चीनसँगको नेपालको सम्बन्ध घनिष्टता आफैंमा अत्यन्त महत्वपूर्ण छ भन्ने कुरा इतिहासले समेत स्थापित गरेको छ ।
चीनले नेपालको आन्तरीक मामिलामा हस्तक्षेप गरेको पाइएको छैन । अहिले चीन नेपाल सम्वन्ध सहयोगपूर्णनै छ । चीनले आफ्नो महत्वकांक्षी परियोजना बीआरआईमा नेपालाई पनि समावेस गरेको छ । नेपालले पनि हस्ताक्षर गरेको छ । यो चीनको महत्वकांक्षी परियोजना हो । यसरी विगत र अहिले हेर्दा चीन नेपालको विकास चाहाँने मुलुक पर्छ र नेपाल पनि चीनको हित चाहने मुलुक पर्छ ।
चीन सँग नेपालको धेरै महत्वपूर्ण सम्झौताहरु पनि भएका छन् । नेपाल र चीन विच पारवान सम्झैता भएको छ । यो सम्झैता नेपालका तत्कालिन प्रधानमन्त्री केपी ओलीको पालामा भएको हो । यो सम्झैता सँगै भारत सगको एकाधिकार तोडिएको छ । नेपालको भारतबाट एकलौटी हुँदै आएको पारबहनको अवस्था समाप्त भएको छ । चीनको भूमि हुँदै मध्यएसियासँग व्यापार विस्तारको सम्भावना खुलेको छ र चिनियाँ बन्दरगाह प्रयोग गर्न सक्ने सम्भावना पनि खुलेको छ ।