३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नाम क्रान्तिकारी, काम सन्तानलाई अमेरिका, युरोप अष्ट्रेलिया पठाउने

प्रकाशित मिति :  १९ चैत्र २०८०, सोमबार ११:४८


काठमाडौँ । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेताहरुले आफूलाई मात्र क्रान्तिकारी देख्ने र अरु सबै अवसरवादी , संशोधनवादी भएको देखाउने गर्दछन् र जनविद्रोहद्वारा सत्ता कब्जा गर्ने ढ्वाङ फुग्दै हिड्ने र जनताका छोराछोरीहरुलाई कहिलेकाहीँ राता भेस्ट भिराएर काठमाडौंको रत्नपार्कतिर कुदाएका हुन्छन् हतियार उठाउनुपर्छ भनिरहेका हुन्छन् भने आफ्ना छोराछोरीहरुलाई भने युरोप , अमेरिका , अस्ट्रेलिया जस्ता साम्राज्यवादी तथा महंगा पुँजीवादी देशहरूमा पढ्न पठाइरहेका छन् र देश नफर्केर उतै घरजम गरेर मस्ति गरिरहेका र पुँजीवादको स्वाद मज्जाले लिइरहेका छन् ।

उनीहरूको यो व्यवहार देख्ने जानकारहरुको भनाई के छ भने क्रान्तिका गफ हाँकेर जनतालाई ढाट्ने र भ्रम पार्ने र आफूलाई अब्बल दर्जाको क्रान्तिकारी देखाउने नाटक गरिरहेका छन् ।

यसरी मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका क्रान्तिकारी नेताका छोराछोरीहरु कुन कुन पुँजीवादी तथा साम्राज्यवादी देशहरूमा मस्ति गरिरहेका छन् ? त हेरौं :

अध्यक्ष – मोहन वैद्य किरणकि छोरी अस्ट्रेलिया , केन्द्रीय कार्यालय सदस्यहरु – सीपी गजुरेल कि छोरी फ्रान्स , हरिभक्त कडेल प्रतीक कि छोरी अमेरिका , रामसिंह श्रीसका छोराबुहारी जापान , सिताराम तामाङका छोराबुहारी अमेरिका , इन्द्रमोहन सिग्देलका छोरा बुहारी अस्ट्रेलिया , परि थापाका छोरा बुहारी अमेरिका ।

केन्द्रीय सचिवालय सदस्यहरुमा धनेश्वर पोख्रेलका छोरा बुहारी अमेरिका र नातिनी अस्ट्रेलिया , चक्रपाणी शर्माको छोरा अमेरिक , दुई वटी छोरीहरू अस्ट्रेलिया , केशबहादुर परियारका छोरा बुहारी अमेरिका , डा. जगदीशचन्द्र भण्डारीका छोरा बुहारी अमेरिका , हस्तबहादुर केसी का छोरा बुहारी अमेरिका , दीपक बहादुर शाहीको छोरा अमेरिका केन्द्रीय सदस्यहरु अशोक कुमार सुवेदीको छोरा क्यानडा , इन्दिरा अधिकारी कि छोरी अमेरिका , गौरी देवकोटा दाहाल कि छोरी अमेरिकामा पड्ने भनेर गएर मस्ति गरिरहेका छन् । यता नेपालमा सशस्त्र जनविद्रोह गर्ने भन्दै जनताका छोराछोरीलाई भने बन्दुक बोकाउन भनिरहेका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !