२३ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

राजनीतिक अस्थिरताबाट स्थिरता तिर ढाल्न समाजवादी मोर्चाको आवश्यकताः नेत्रविक्रम चन्द

प्रकाशित मिति :  २० चैत्र २०८०, मंगलवार १४:१४


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मुलुकलाई अस्थिरताबाट स्थिरता तिर ढाल्न समाजवादी मोर्चाको आवश्यकता भएको बताउनुभएको छ ।

मंगलबार समाजवादी मोर्चाको ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै चन्दले मुलुकमा देखिएको सबै समस्याको समाधान नेपाली विशेषताको समाजवादबाट मात्र सम्भव रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘हामीले धेरै उपलब्धी हाँसिल गरेका छौं । यो कुरा साचो हो । तर पूर्ण भइसकेको छैन् । तर यसका लागि मानवजाती लडिरहेको छ । आफ्नो अधिकारका लागि कोही पनि चुप लागेर बस्न मिल्दैन । बसेको छैन् । यस अवस्थामा समाजवादी र कम्युनिष्टहरुको कुन धारा र विचार बोकेर अघि बढ्ने भन्ने कुरा स्पष्ट हुन आवश्यक छ ।’

नेपालमा उत्पन्न भएको संकटबाट निराशा मात्र होईन सम्भावना समेत देखिएको भन्दै चन्दले दलाल पूँजीवादले राजनीतिको आडमा कब्जा गरेको अर्थतन्त्रको सुधारका लागि कम्युनिष्ट एकताको आवश्यकता परेको औल्याए ।

उहाँले भन्नुभयो, ‘अहिले बजारमा समाजवादी मोर्चाले अस्थिरता ल्याउछ कि भन्ने बहस समेत भइरहको सुनिन्छ । तर त्यो कुरा साचो होइन । म त के देख्छु भने आज जत्तिको स्वतन्त्र समाज कहिले भएको थिएन ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !