३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदै

प्रकाशित मिति :  २१ चैत्र २०८०, बुधबार १०:५९


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदैछन् । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको मंगलबार बसेको बैठकले मुख्यमन्त्री शर्माले विश्वासको मत लिने निर्णय गरेको थियो ।

माओवादी संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने जानकारी दिए । उहाँका अनुसार मुख्यमन्त्री शर्माले विश्वासको मत लिएपछि एमालेलाई सत्ता हस्तान्तरण गर्न राजीनामा दिने भएका छन् ।

‘विश्वासको मत लिने प्रक्रिया अगाडि बढिसकेको छ । सत्ता साझेदार दलहरूको तर्फबाट अहिले विश्वासको मत लिने र केन्द्रको सम्झौताको मर्म र भावनालाई कदर गरेर केही समयपछि सत्तालाई जसले पाउने भएको छ, उसलाई दिने निर्णय भयो,’ मंगलबारको बैठक सुनाउँदै प्रमुख सचेतक परियारले भने ।

केन्द्रमा कर्णालीमा मुख्यमन्त्री एमालेलाई दिने सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले नै मुख्यमन्त्री शर्मालाई राजीनामा दिन दबाब दिएका थिए । तर उहाँले विश्वासको मत लिएर मात्रै कुर्सी छोड्ने अडान लिनुभयो ।

उहाँको अडानपछि एमालेले पनि उहाँलाई विश्वासको मत दिने र त्यसपछि मुख्यमन्त्रीबाट शर्माले राजीनामा गर्ने शर्तमा तयार भएको हो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !