३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बाँकेकी हसिना खान जसपाबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सांसद बन्दै

प्रकाशित मिति :  २२ चैत्र २०८०, बिहीबार ०८:३४


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट समानुपातिकतर्फ बाँकेकी हसिना खान प्रतिनिधिसभा सदस्य बन्ने भएकी छन् । बिहीबार बस्ने पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले खानलाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित गर्न निर्वाचन आयोगलाई पत्राचार गर्न लागेको हो ।

बैठक अहिले विहान आठ बजे बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बस्दैछ । जसपाबाट निर्वाचित समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले खानलाई पठाउन लागेको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

०७९ को निर्वाचनबाट मुस्लिम महिलातर्फ शहनाज रहमान निर्वाचित भएकी थिइन् । उहाँको ०७९ फागुन १३ गते निधन भएपछि जसपाले बन्द सूचीका आधारमा अन्सारीलाई पठाएको थियो । तर अन्सारीको पनि गत चैत चार गते काठमाडौंको सिभिल अस्पतालमा निधन भएको थियो ।

बैठकले उपनिर्वाचनका विषयमा समेत निर्णय लिने प्रचार विभाग प्रमुख बस्नेतले जानकारी दिनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !