२६ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गृहमन्त्रीको राजीनामा माग चर्चिएपछि संसद अधिवेशन वैशाख २ गतेबाट अन्त्य गर्ने निर्णय

प्रकाशित मिति :  ३० चैत्र २०८०, शुक्रबार १६:५७


काठमाडौं । सरकारले संसद्को हिउँदे अधिवेशन वैशाख २ गतेबाट अन्त्य गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन वैशाख २ गतेबाट अन्त्य गर्ने निर्णय गरेको हो ।

बैशाख २ गते राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय भएको हो ।

गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने सहकारी प्रकरणमा मुछिएपछि कांग्रेसले रविको राजीनामा मागिरहेका बेला संसद अधिवेशन गरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । गृहमन्त्रीलाई राजीनामा गराउँदा त्यसको असर सबैभन्दा बढी एमालेलाई पर्ने देखिएपछि संसद नै अन्त्य गर्ने निर्णयमा पुगेको अनुमान गरिएको छ ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेका बारेमा छानबिन गर्न संसदीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै आएको छ । मन्त्रिपरिषद बठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो । छलफलमा सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री र अन्य विविध विषयमा छलफल भएको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !