२२ असार २०८२, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज चैते दशैं पर्व मनाइँदै

प्रकाशित मिति :  ४ बैशाख २०८१, मंगलवार ०९:१५


काठमाडौं । नेपालीहरुको सानो दशैं अर्थात चैते दशै‌‌ पर्व आज मनाइँदैछ ।

हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन घर-घरमा नवदुर्गा भवानीको पूजा आराधना गरी चैते दशैं पर्व मनाउने गरिन्छ ।

असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितका रुपमा लिइने दशैं पर्व हिन्दू धर्मावलम्बीहरुले वर्षमा दुई पटक मनाउछन् । असोजमा मनाइने दशैंलाई वडादशैं र चैत शुक्ल अष्टमीमा चैते दशैंका रुपमा मनाइन्छ ।

वडादशैंमा टीका र जमरा लगाउने प्रचलन छ भने चैते दशैंमा छैन । वडादशैंमा जस्तै चैते दशैंमा परिवार र अ‌ाफ्‍न्त जमघट हुने, रमाइलो गर्ने र शक्तिपीठमा पूजा गर्ने चलन छ । चैते दशैं पर्वमा देवीमन्दिर तथा घरघरमा दुर्गा सप्तशती, देवी भागवत कालिकापुराण लगायत देवी महिमायुक्त ग्रन्थको वाचन गरिन्छ ।

चैते दशैंका अवसरमा बिहानैदेखि उपत्यकासहित देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेकाे छ । चैत्र नवरात्रका रुपमा समेच चिनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

चैत्र नवरात्रका अवसरमा गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवी, पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, बागेश्वरी, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा विशेष पूजा गरिन्छ ।

चैते दशैंमा अष्टमीको दिनलाई चैते दशैं र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुमपा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ । असत्यमा सत्यको विजय तथा भगवान श्रीरामको सम्झनामा रामनवमी मनाउने प्रचलन छ ।

यस वर्ष रामनवमी भाेलि परेकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !