प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार १०:११
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै छ ।
बैठक सिंहदरबारस्थित समितिको कार्यकक्षमा बिहान ११ बजे बस्न लागेको हो ।
संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा नेपाली सेनाले बनाउँदै गरेको द्रुतमार्ग र अन्य सडक सम्बन्धमा छलफल हुने कार्यसूचीमा उल्लेख गरिएको छ ।
0
Shares