३० श्रावण २०८३, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

शारदा माविको चिन्ता र चिन्तन गर्दै पूर्व विद्यार्थी तथा शिक्षकहरू

प्रकाशित मिति :  1 May, 2024 5:35 pm


चैनपुर । सङखुवासभा जिल्ला तथा पूर्वाञ्चलकै ऐतिहासिक मानिएको शारदा मावि खराङका पूर्व विद्यार्थी तथा पूर्व शिक्षकहरुको मञ्च गठन भएको छ । चहक बहादुर भण्डारीको अध्यक्षतामा मञ्च गठन भएको हो ।

अध्यक्ष भण्डारी विगतमा सो माविका प्रधान अध्यापक हुनुहुन्थ्यो । मञ्चको उपाध्यक्षमा मिना विश्वकर्मा (झापा) र सनतकुमार भण्डारी (काठमाडौं) रहनुभएको छ ।

शारदा मावि सङखुवासभाको चैनपुृर नगरपालिका खराङमा रहेको छ । यो विद्यालय राणा शासन अन्त्य लगत्तै २००८ सालमा स्थापना भएको थियो । सो विद्यालयबाट हजारौंले शिक्षा लिइसकेका छन् । शारदा माविका पूर्व विद्यार्थीहरु नेपालका विभिन्न जिल्लाका साथै विश्वभरी छरिएर रहेका छन् । अत्यन्तै प्रतिष्ठित यो विद्यालयले विगत केही समय यता शैक्षिक उन्नयनमा उत्कृष्टता देखाउँदै आएको छ ।

यस विद्यालयलाई पूर्व विद्यार्थी तथा शिक्षकहरुको पनि दह्रो साथ रहँदै आएको छ । त्यसैले विद्यालयको उन्नति प्रगतिका लागि पूर्व विद्यार्थी तथा पूर्व शिक्षकहरुको मञ्च गठन गरिएको हो । आफूले वाल्यकाल तथा किशोरावस्था बिताएको प्यारो विद्यालयलाई मञ्चले विभिन्न तरिकाले सहयोग गर्ने उद्देश्य राखेको छ । मञ्चको सचिवमा देवीबहादुर खड्का, कोषाध्यक्ष श्यामबाबु गौतम, सहसचिव रन्जना श्रेष्ठ, उपकोषाध्यक्ष कोपिला काफ्ले (अमेरिका) रहनुभएको छ । त्यसैगरी सदस्यमा पुष्पल शाक्य, जबर तामाङ (मोरङ), शुष्मा तामाङ (जापान), अरुण अधिकारी (अमेरिका), लक्ष्मी राई (जापान), पुष्प पाण्डे (मलेसिया), कृष्णबहादुर कटुवाल (मलेसिया), बलराज राउत (साउदी अरेविया), नवीनकुमार लिम्बुखिम, रबिकिरण काफ्ले (जर्मनी) रहनुभएको छ ।

शारदा माविमा हाल सात सय विद्यार्थी र २६ जना शिक्षक कर्मचारी रहेका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !