३१ असार २०८२, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

रुसी आक्रमणपछि युक्रेनको सीमा क्षेत्रबाट सयौँ मानिस विस्थापित

प्रकाशित मिति :  २९ बैशाख २०८१, शनिबार १५:०९


किएभ । मस्कोले भूमिगत आक्रमण सुरु गरेको एक दिनपछि युक्रेनको खार्किभ क्षेत्रमा रुसी सीमा नजिकका क्षेत्रहरूबाट सयौँ मानिसलाई विस्थापित गरिएको क्षेत्रीय गभर्नरले शनिबार बताउनुभएको छ ।

गभर्नर ओलेग सिनेगुबोभले सामाजिक सञ्जालमार्फत कूल एक हजार सात सय ७५ लाई सुरक्षित स्थानमा सारिएको र पछिल्लो २४ घण्टामा यस क्षेत्रका ३० वटा बस्तीमा रुसी तोपखाना र मोर्टार आक्रमण भएको उल्लेख गर्नुभयो ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !