१४ मंसिर २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अपरान्ह ४ बजेलाई सारियो प्रतिनिधि सभा बैठक

प्रकाशित मिति :  ३ जेष्ठ २०८१, बिहीबार १२:५९


काठमाडाैं । प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजेका लागि सरेको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बाेलाइएकाे बैठक आजै अपरान्ह ४ बजेका लागि सारिएकाे संसद् सचिवालयले जनाएकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे अनुराेध सभामुख देवराज घिमिरेले बैठक सार्नुभएकाे बताइएकाे छ । सदनकाे गतिराेध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्ड प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग परामर्शमा हुनुहुन्छ । सदन अघि बढाउन सभामुख घिमिरे पनि सक्रिय हुनुहुन्छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी काण्डमा छानबिन गर्न छानबिन समितिकाे माग गर्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएकाे छ । छानबिन समिति गठनलाई कांग्रेसले बटमलाइन बनाएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !