१४ मंसिर २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सभामुखले प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्दै

प्रकाशित मिति :  ५ जेष्ठ २०८१, शनिबार १३:२३


काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको अवरोध खुलाउने विषयमा छलफल आज प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्नुहुने भएको छ ।

सभामुखले सो विषयमा छलफलका लागि शीर्ष नेतालाई आफ्नै निवासमा बोलाउनुभएको छ । उहाँले छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बोलाउनुभएको हो ।

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने संलग्न भएको भन्दै कांग्रेसले संसदीय समिति छानबिनको माग राख्दै आएको छ । सो माग राखेर कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गर्दै आएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !