२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राजनीति फोहोरी खेल होइन, स्वार्थ बोकेका व्यक्ति फोहोरी हुन् : सुहाङ नेम्वाङ

प्रकाशित मिति :  ५ जेष्ठ २०८१, शनिबार १६:३६


काठमाडौं । नेकपा एमालेका सांसद् सुहाङ नेम्वाङले राजनीति फोहोरी खेल हो भन्ने भाष्य बदल्नुपर्ने बताउनुभएकाे छ ।

एमाले कोशी प्रदेश सम्पर्क कमिटीले शनिबार काठमाडाैंमा आयोजना गरेको युवा गोष्ठीमा बाेल्दै सांसद् नेम्वाङले राजनीति फोहोरी खेल नभएकाे बताउनुभयाे । राजनीतिले सकारात्मक परिवर्तन, आर्थिक समृद्धि र सुशासन ल्याउने उहाँले बताउनुभयाे ।

स्वार्थ बोकेका व्यक्तिले राजनीतिलाई फाेहाेर बनाउने प्रयास गरिरहेका भन्दै सांसद् नेम्वाङले राजनीति नभएर ती व्यक्तिहरु फाेहाेरी भएका बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘राजनीति एकदमै फाेहाेरी खेल हाे भन्ने जुन भाष्य छ अब तपाइँ हामी मिलेर त्यसलाई परिवर्तन गरेर, सुल्झाएर अघि बढ्नुपर्छ, किनभने राजनीति कहिल्यै पनि फोहोरी हुँदैन, राजनीतिले सकारात्मक परिवर्तन ल्याउँछ, आर्थिक समृद्धि ल्याउँछ, सुशासनमा परिवर्तन ल्याउँछ, फोहोरी त केवल स्वार्थ बोकेका व्यक्ति राजनीतिमा छिरे भने त्यो फोहोरी हुन्छ, सबै एकजुट भएर याे भाष्य परिवर्तन गर्नुपर्छ ।’

नयाँ पुस्ताले पुरानो पुस्ताको कामलाई सम्मान गर्दै युवाले राजनीति फोहोरी खेल हो भन्ने जस्ता भाष्यहरु चिर्दै अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !