२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दै

प्रकाशित मिति :  ६ जेष्ठ २०८१, आईतवार ०८:१२


काठमाडाैं । संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे बैठक आज बस्दैछ ।

प्रतिनिधि सभा बैठक बिहान ११ बजे संघी संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बोलाइएको छ ।

प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुहुनेछ ।

सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्नुहुने कार्यसूची छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गर्नुभएको सम्बोधनको प्रति टेबलु गर्नुहुनेछ ।बैठकमा सभामुखले धन्यवाद प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन, आ.व. २०७९-८० पेस गर्नुहुनेछ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेस गर्नुहुने कार्यसूची छ ।

उपप्रधानमन्त्री एवं गृह मन्त्री रबि लामिछानेले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।

राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री तथा मान्त्रिपरिषद्काे कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रकाे ब्यहाेरा पढेर सुनाउनुहुने लगायत कार्यसूची छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !