२० माघ २०८२, मंगलबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चिनको कोइला खानीमा दुर्घटना हुँदा पाँच जनाले ज्यान गुमाए

प्रकाशित मिति :  21 May, 2024 2:35 pm


चीन । उत्तरपूर्वी चिनको हेइलोङजियाङ प्रान्तस्थित कोइलामा खानी दुर्घटना हँुदा पाँच जनाको निधन भएको उक्त कोईलाखानी कम्पनी स्रोतले जनाएको छ ।

कम्पनी स्रोतका अनुसार हेइलोङगजियाङ लङमे समूह अन्तर्गतको हेगाङ खानी कम्पनीको जिङआन कोइला खानीमा सोमबार राति दुर्घटना भएको थियो ।

सो दुर्घटना हुने क्रममा नौ जना फसेको र उनीहरुमध्ये चार जनालाई उद्धार गरिएको स्रोतले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानले तरल कार्बनडाइअक्साइडको चुहावटको कारणले दुर्घटना भएको देखाएको छ । दुर्घटनाको कारण तथा यथेष्ट विवरणका बारेमा थप अनुसन्धान भइरहेको छ ।
-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !