२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिनिधि सभामा सहमति जुटाउन बनेको कार्यदलको बैठक आज पनि बस्दै

प्रकाशित मिति :  ११ जेष्ठ २०८१, शुक्रबार ०९:१९


काठमाडौं । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृह मन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्ने विषयमा सहमति जुटाउन बनेको कार्यदलको बैठक आज पनि बस्दै छ ।

दिउँसो बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकअघि नै कार्यदलमा सहमति जुटाउने प्रयासस्वरुप सो बैठक बस्न लागेको हो । हिजो निष्कर्षविहीन भएको बैठक आज फेरि बस्दै छ ।

हिजो बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षले आ–आफ्ना अडान नछाडेपछि सहमति जुट्न सकेको थिएन । सत्ता पक्षले छानबिन समितिको कार्यादेशमा गृहमन्त्री लामिछानेको नाम उल्लेख गर्न नमिल्ने भनेको छ भने विपक्षी दलले नाम उल्लेख नगरी छानबिन समिति बनाउनुको अर्थ नहुने भन्दै आएको छ ।

कांग्रेसले बजेट अधिवेशन सुरु भए यताका सबै बैठकमा संसद् अवरुद्ध पार्दै आएको छ । कार्यदलले सहमति नजुटाए आज पनि संसद् अवरुद्ध पार्ने कांग्रेसको तयारी छ ।

कार्यदलमा कानुन मन्त्री गिरी, एमाले प्रमुख सचेतक महेश बर्तौला, कांग्रेस सहमहामन्त्री जीवन परियार, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सिसिर खनाल सदस्य हुनुहुन्छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !