१४ मंसिर २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन शीर्ष नेताको बैठक बस्दै

प्रकाशित मिति :  १३ जेष्ठ २०८१, आईतवार ०९:४६


काडमाडाैं । सहकारी ठगी काण्डमा छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन प्रमुख दलका शीर्ष नेताकाे बैठक आज बस्दैछ ।

बैठक बिहान ९ बजे बस्नेछ । कार्यादेश टुंगाे लगाउनका लागि शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे शीर्ष नेताबीचकाे छलफल निष्कर्षमा पुग्न नसकेपछि आज पनि बैठक बस्न लागेकाे छ ।

शनिबार बसेकाे कार्यदलकाे बैठकले कार्यादेश टुंगाे लगाउने जिम्मा शीर्ष नेतालाई दिएकाे थियाे । त्यसपछि बसेकाे शीर्ष नेताकाे बैठक बिना निष्कर्ष सकिएकाे थियाे ।

शीर्ष नेताबीच सहमति हुन नसके आजको संसद् बैठक पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवराेध गर्न सक्नेछ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !