१४ मंसिर २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कांग्रेसकाे नाराबाजीबीच प्रतिनिधि सभाबाट बहुमतले पारित भयाे नीति तथा कार्यक्रम

प्रकाशित मिति :  १३ जेष्ठ २०८१, आईतवार १३:३१


काठमाडौं । आगामी आर्थिक वर्ष २०८१-०८२ काे सरकारकाे नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित भएकाे छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीबीच आइतबार बसेकाे प्रतिनिधि सभा बैठकबाट सरकारकाे नीति कार्यक्रम बहुमतले पारित भएकाे हाे ।

त्यसअघि नीति तथा कार्यक्रममाथि परेका संशाेधन बैठकले बहुमतले अस्वीकृत गरेकाे थियाे ।

सभामुख देवराज घिमिरेले दुवै सदनको संयुक्त बैठक यही जेठ १५ गते दिउँसो १ बजेका लागि आह्वान गरिएकाे भन्दै सांसद्हरुलाई उपस्थित हुनका लागि आग्रह गर्नुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !