८ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

टी-२० विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित

प्रकाशित मिति :  १५ जेष्ठ २०८१, मंगलवार ०८:४३


आईसीसी टी-२० विश्वकप अघिको पहिलो अभ्यास खेलमा नेपाल क्यानडासँग पराजित भएको छ ।

अमेरिकाको डल्लासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा साेमबार राति भएको खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको हो ।

क्यानडाले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा १ सय २० रन मात्र बनाउन सक्याे । नेपालका लागि कुशल मल्लले ३७, अनिल साहले २४, आशिफ शेखले २२ र कुशल भुर्तेलले १० रन बनाए ।

बलिङतर्फ क्यानडाका डीलन हेलिगर ४ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङकाे निम्ताे पाएको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । क्यानडाका लागि निकोलास कृतनले ५२, रविन्द्रपाल सिंहले नटआउट ४१, नवनित धनिवालाले ३२, डीलोन हेलिगरले नटआउट १३ र प्रगत सिंहले १३ रन बनाएका थिए ।

बलिङतर्फ नेपालका अभिनाश बोहराले २ तथा करण केसी, सोमपाल कामी, गुल्शन झा, सागर ढकाल र ललितनारायण राजवंशीले समान १-१ विकेट लिएका थिए ।

नेपालले अब दोस्रो अभ्यास खेलमा बिहीबार अमेरिकासँग खेल्नेछ । अमेरिका र वेस्ट इण्डिजले संयुक्त रुपमा आयोजना गरेको टी-२० विश्पकप जुन २ देखि सुरु हुदैछ । नेपालले पहिलो खेल जुन ४ मा नेदरल्याण्डसँग खेल्नेछ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !