२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पार्टी विधान भन्दा वाहिर गई किन देउवाले गरे कांग्रेस जिल्ला सभापति सिंहकाे वचाउ

प्रकाशित मिति :  १५ जेष्ठ २०८१, मंगलवार २२:००


काठमाडौं । सवोच्च अदातलले दोषि ठहर गर्दा गर्दै पनि नेपाली कांग्रेस सर्लाही जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहको पार्टी केन्द्रीय सभापति शेरवहादुर देउवा र केन्द्रीय महामन्त्री गगन थापाले वचाउ गर्दै आउनु भएको छ ।

पार्टीको विधान भन्दा वाहिर गएर भएपनि देउवा र थापाले जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहको बचाउ गर्दै आउनु भएको छ ।

के कारणले उहाँहरुले जिल्ला सभापति सुरेन्द्र सिंहको बचाउ गर्नु भयो भन्ने कुरा भने खुलेको छैन ।

तर नेपाली कांग्रेस सर्लाहीको ५१ जनाभन्दा वढीको हस्ताक्षर सहित सर्लाही जिल्लाका नेपाली कांग्रेसका पदाधिकारीले बारम्बार पार्टीका केन्द्रीय नेतालाई ध्यानाकर्षण गराएपनि केही लागेको छैन ।

उप प्रधान तथा गृह मन्त्री रवि लामिछानेको चर्को आलोचना गर्ने नेपाली कांग्रेसले आफ्नै जिल्ला सभापतिको बचाउ गर्दा लाज पनि लजाउने स्थिति आएको छ ।

उनलाई सवोच्च अदालतले दोषि ठहर गरेको हो ।

खास कुरा के हो ?

सिंहलाई सिसौ काटेर भारत लगेर वेचेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यलयले विशेष मुद्धा दर्ता गरेको थियो ।

सोही मुद्धा दर्ता हुनुभन्दा अगाडी सिंह अख्तियारको हिरासतमा समेत बसेका थिए ।

सुरेन्द्र प्रसाद सिंहले तत्कालिन मनुसमारा सिंचाई आयोजना प्रथम चरणको जल उपभोक्त समितिको अध्यक्ष हुँदाको बखतमा आर्थिक अनियमताको कसुरमा सवोच्च अदालतले भष्टचारी ठहर्याएको थियो ।

यस्तो अदातले भष्टचारी ठहर्याएको व्यक्तिलाई नेपाली कांग्रेसको नवौं संसोधित विधान २०७५ को परिच्छेद २ को दफा १३ को ( ङ ) मा त्यस्तो नैतिक पतन भएको व्यक्तिलाई साधारण सदस्यबाट समेत निस्कासित गर्ने प्रवधान छ । यस्तो प्रावधान हुँदा हुँदै पनि पार्टीले जिल्ला सभापति संहको पार्टी विधान विपरित गएर बचाउ गर्दै आइरहेको छन् ।

उप प्रधान तथा गृहमन्त्री रविलामिछानेलाई खाउला जस्तो गरेर उफ्रने नेपाली कांग्रेसले आफ्नै जिल्ला सभापतिको बचाउ गर्दै आइरहेका छन् ।

उनलाई कारवाही गरेर पार्टीको विधान अनुसार नयाँ सभापचि चयन होस् भनेर जिल्लाका उपाध्यक्ष सहित ५१ जनाको हस्ताक्षर सहित पार्टी सभापतिको ध्यानाकर्षण गराउदा समेत पार्टीको नजर पुगेको छैन ।

सुरेन्द्र सिंह पार्टीका केन्द्रीय महामन्त्री गगन थापा निकट हुन् ।

अहिले सुरेन्द्रप्रसाद सिंह निकट केही कांग्रेस कार्यकर्ताले पार्टीका निष्ठावान केही नेतालाई विभिन्न आराेप लगाइरहेका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !