नेकपा एमाले चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा कमलराज पाठक निर्वाचित
प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार ०९:५९
काठमाडौं । नेकपा एमाले चितवनको जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
अधिवेशनबाट अध्यक्षमा कमलराज पाठक निर्वाचित हुनुभएको छ । पाठक मतदान प्रक्रियाबाट अध्यक्ष बन्नु भएको हो ।
अध्यक्षमा ६ सय ६ मत प्राप्त गरी पाठक निर्वाचित हुँदा अर्का प्रतिस्पर्धी प्रतिस्पर्धी घनश्याम कँडेलले ५३ मत पाउनु भएको छ । निर्वाचनमा कूल ७ सय २९ मत खसेको थियो ।
उपाध्यक्षमा श्याम विष्ट ४ सय ४ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । अर्का प्रतिस्पर्धी कृष्णकुमार डल्लाकोटीले २ सय ८४ मत पाउनुभएको छ ।
सचिवमा प्रकाश ढुङ्गाना ४ सय ६६ मत ल्याइ निर्वाचित हुनुभएको छ । अर्का प्रतिस्पर्धी पदमपाँणि सुवेदीले २ सय २१ मत पाउनु भएको छ ।
उपसचिव खुल्लामा मीनबहादुर परियार २ सय ४० मत ल्याएर निर्वाचित हुनुभएको छ । महिलातर्फ ज्वाला पुरी वन ३ सय ६६ मत ल्याएर निर्वाचित हुनुभएको छ ।
0
Shares