१७ पुष २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प फौज्दारी मुद्दामा दोषी ठहर

प्रकाशित मिति :  १८ जेष्ठ २०८१, शुक्रबार ०९:४९


काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड जे. ट्रम्प फौज्दारी मुद्दामा दोषी ठहरिनु भएको छ ।

अमेरिकाको आगामी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार बन्नुभएका ट्रम्पलाई आदतलाले दोषी ठहर्‍याएको हो । वयस्क चलचित्र स्टार स्ट्रेमी ड्यानियल्स सँगको सम्बन्ध गुपचुप राख्न गोप्य रूपमा पैसा दिएको आरोप ट्रम्पलाई लागेको थियो ।

बिहीबार न्युयोर्क ट्रायल कोर्टमा जुरी सुनवाइले ट्रम्पलाई दोषी ठहर गरेको हो । न्युयोर्क ट्रायल अदालतका १२ जना जुरी ले २०१६ को आम निर्वाचन को बेला ट्रम्पले वयस्क चलचित्र अभिनेत्री ड्यानियल्ससँगको सम्बन्ध लुकाउन अमेरिकी डलर १ लाख ३० हजार दिएको आरोप लागेको थियो । सो आरोप माथि न्युयोर्कको ट्रयाल (जिल्ला) अदालतमा ट्रम्पको मुद्दा चलेको थियो ।

सो मुद्दामा जुरी ट्रायल भएको थियो । १२ जनाको स्वतन्त्र जुरीले हस् मनि लगायत उनी विरुद्धको व्यापार व्यवसाय सम्बन्धित गलत वित्तीय विवरण तथा कार्यका सबै ३४ मुद्दामा दोषी ठहर गरेको छ । करिब ६ हप्ता चलेको यो बहसले पूर्व राष्ट्रपति ट्रम्पलाई फौजदारी कसुरमा दोषी ठहर गरेको छ । योसँगै फौजदारी मुद्दामा दोषी ठहर हुने उहाँ पहिलो अमेरिकी पूर्व राष्ट्रपति बन्नुभएको छ ।

फैसला पछि ट्रम्पले आफूमा अपमान भएको र अदालतको धाँधली पूर्ण निर्णय गरेको प्रतिक्रिया जनाउनुभएको छ । यसको सही निर्णय जनताले आगामी नोभेम्बर ५ मा हुने निर्वाचनमा गर्ने उहाँले प्रतिक्रिया दिनुभएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !