१३ मंसिर २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

प्रकाशित मिति :  १८ जेष्ठ २०८१, शुक्रबार १२:००


काठमाडौँ । माओवादी केन्द्र संसदीय दलका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पार्टी संसदीय दलको बैठक बोलाउनुभएको छ ।

माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा केही बेरमा बैठक बस्दै छ । जेठ १५ गते संघीय संसद्मा पेश भएको आर्थिक आगामी वर्षको बजेटका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २८१÷०८२ को बजेट संघीय संसदमा प्रस्तुत गरिसक्नु भएको छ । बजेटमाथि आइतबारदेखि छलफल हुँदै छ । सोही विषयमा पार्टी संसदीय दलमा छलफल गर्न बैठक बोलाइएको हो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !