१७ पुष २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपालीले पनि कामबाट जवाफ दिनुपर्छ – राजदूत छन सोङ

प्रकाशित मिति :  २० जेष्ठ २०८१, आईतवार १२:४७


काठमाडाैं ।  नेपालका लागि चिनियाँ राजदूत छन सोङले हरेक खुसी नेपालीहरु सँग साट्दै आउँनु भएको छ ।

कसैले नेपालमाथि गरेको अन्यायको खुलेरै विरोध गर्ने राजदूत छन सोङले अहिले पनि चीनले चन्द्रमाको दक्षिणी ध्रुवमा पहिलोपटक सफलतापूर्वक अन्तरिक्ष यान अवतरण गरेको खुसीयालीलाई नेपालसँग जोडनु भएको छ ।

खुसीयालीलाई नेपाल सँग जोड्दौ राजदूत छन सोङले भन्नुभयो नेपालीले आशा गुमाइसके भन्नेहरुको लागि उहाँले नेपालीले पनि सबैलाई चीन जस्तै कामबाट जवाफ दिनुपर्छ भन्ने कुराको संकेत गर्नुभएको छ ।

बेइजिङको समय अनुसार बिहान ६ः२३ मा चाङ–इ–६ विमान चन्द्रमाको दक्षिणी ध्रुव नजिकै आइटकेन बेसिनमा सफल अवतरण गरेको छ ।

सीएनएनले चीनको यो दुर्लभ सफलताको समाचार बनाएपछि राजदूत छन सोङले भन्नुभएको छ –, ‘हामीले के पाठ सिक्न सकिन्छ भने जब मानिसहरूले तपाइँको खिल्ली उडाउँछन्, गाली गर्छन्, तपाइँ केवल साहसी हुन आवश्यक छ, तपाइँको सीमा–कमजोरीलाई उनीहरूको जंगली कल्पना भन्दा बाहिर धकेल्नुपर्छ।’

नेपाललाई जोड्दै उहाँँ भन्नुहुन्छ ्, ‘नेपालको साथ पनि त्यस्तै हो, जब मानिसहरूले नेपाल आशाहीन भन्छन्, हामीले उनीहरूलाई एकपछि अर्को क्रमभङ्ग र गेमचेञ्जर दिनुपर्छ । यात्रा सुरु गरौं, र सकारात्मक र रचनात्मक होऔं । किनभने नेपाल पनि यसको हकदार छ ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !