प्रतिनिधि सभा र राष्ट्रिय सभामा आज पनि बजेटमाथिको छलफल जारी रहने
प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार ०८:५०
काठमाडाैं । संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे बैठक आजपनि बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठक र मध्याह्न १२ः१५ बजे बस्ने राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१-०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।
दुवै सदनमा हिजाे आइतबारदेखि बजेटमाथि छलफल सुरु भएकाे थियाे । आज र भाेलि छलफल गरेर बजेट पारित गर्ने सरकारकाे तयारी छ ।
0
Shares