कोशी र लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार ०८:५१
काठमाडाैं । काेशी प्रदेश र लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन् ।
साेमबार अपरान्ह ४ बजे विराटनगरमा बस्ने काेशी प्रदेश सभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले सरकारकाे नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुनेछ । दिउँसाे २ बजे बाेलाइएकाे बैठक विशेष कारण देखाउँदै अपरान्ह ४ बजेलाई सारिएकाे हाे ।
बिहान ११ बजे बस्ने लुम्बिनी प्रदेश सभा बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सरकारकाे नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुनेछ ।
0
Shares