जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा रामेछापमा रक्तदान
प्रकाशित मिति : 3 June, 2024 11:12 am
रामेछाप । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा रामेछापमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापको प्राविधिक सहयोगमा राष्ट्रिय दलित पत्रकार संघ नेपाल रामेछापले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको हो । मन्थलीमा सोमबार बिहान आयोजना गरिएको रक्तदान कार्यक्रममा १६ जनाले रक्तदान गरेका राष्ट्रिय दलित पत्रकार संघ नेपाल रामेछापले जनाएको छ ।
दिवसका अवसरमा सोमबार मन्थलीमा जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी साझा सवाल र जबाफदेहिता सहितको अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय दलित पत्रकार संघ नेपाल रामेछापका अध्यक्ष नवराज विकले जानकारी दिनुभयो ।
0
Shares












