प्रतिनिधि सभामा पेस भयाे सरकारकाे वार्षिक प्रतिवेदन
प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार १३:३८
काठमाडौं । सरकारको वार्षिक प्रतिवेदन, २०७९-८० प्रतिनिधि सभामा पेस भएको छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल सरकारकाे वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९-८० पेस गर्नुभएकाे हाे ।
बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्नुभयाे ।
0
Shares