२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा आज पनि बजेटमाथि छलफल

प्रकाशित मिति :  २२ जेष्ठ २०८१, मंगलवार ०८:५२


काठमाडाैं । संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे बैठक आज पनि बस्दैछ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठक र  दिउँसाे सवा १ बजे राष्ट्रिय सभा बैठकमा आजपनि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहनेछ ।

प्रतिनिधि सभा बैठकमा २०६४ सालको संविधान सभामा ताप्लेजुङ निर्वाचन क्षेत्र नम्बर-१ बाट निर्वाचित संविधान सभा सदस्य तथा पूर्व श्रम तथा रोजगार र स्थानीय विकासमन्त्री सूर्यमान गुरूङको निधनप्रति शोकप्रस्ताव पारित गर्ने कार्यसूची छ ।

२०४८ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट बाँके निर्वाचन क्षेत्र नम्बर-१ बाट निर्वाचित शैयद मेहराज अहमद शाहको निधनप्रति पनि शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।

२०५८ सालमा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका खगेन्द्रराज रेग्मीको निधनप्रति शोकप्रस्ताव पारित गर्ने कार्यसूची छ ।

राष्ट्रिय सभा बैठकमा पनि बजेटमाथि छलफल हुनेछ । छलफल सकिएलगत्तै सांसद्का प्रश्नकाे अर्थमन्त्री वर्षमान पुनले आजै जवाफ दिनुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।

राष्ट्रिय सभाले पनि गुरुङ, शाह र रेग्मीकाे निधनप्रति शाेक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !