३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

१० वर्षपछि टी-२० विश्वकप खेल्न लागेकाे नेपाली क्रिकेट टाेलीलाई केपी ओलीकाे शुभकामना

प्रकाशित मिति :  २२ जेष्ठ २०८१, मंगलवार १०:३४


काठमाडाैं । १० वर्षपछि टी-२० विश्वकप क्रिकेट खेल्न लागेकाे नेपाली राष्ट्रिय क्रिकेट टाेलीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुभकामना दिनुभएकाे छ

अध्यक्ष ओलीले मंगलबार सामाजिक सञ्जालमार्फत नेपाली टाेलीलाई शुभकामना दिनुभएकाे हाे । नेपाली क्रिकेटका लागि आज ए‍‍‍ेतिहासिक दिन रहेकाे उहाँले उल्लेख गर्नुभएकाे छ ।

‘नेपाली क्रिकेटका लागि आज ऐतिहासिक खेलको दिन, आज २२ जेठ २०८१ का दिन नेपालले १० वर्षपछि टी-२० विश्वकपमा पहिलो खेल नेदरल्याण्डसँग खेल्दैछ, शुभकामना टिम नेपाल’- अध्यक्ष ओलीले उल्लेख गर्नुभएकाे छ ।

नेपाल र नेदल्याण्ड्सबीचकाे खेल नेपाली समयअनुसार आज साँझ सवा ९ बजेदेखि सुरु हुँदैछ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !