२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मधेश प्रदेश सरकार गठनका लागि दिइएकाे समय आज सकिँदै

प्रकाशित मिति :  २५ जेष्ठ २०८१, शुक्रबार ०८:२१


काठमाडौं । मधेश प्रदेश सरकार गठनका लागि दिइएकाे समय आज सकिँदैछ ।

जेठ २३ गते बसेकाे मधेश प्रदेश सभा बैठकमा मुख्यमन्त्री सराेजकुमार यादवले विश्वासकाे मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा भण्डारीले साेही दिन साँझ नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएकाे थियाे । उहाँले सरकार गठनका लागि जेठ २५ गते बिहान १० बजेसम्मको समय दिनुभएको थियाे ।

जसपा नेपाल नेतृत्वकाे सरकार ढलेसँगै मधेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले सरकार बनाउँदैछन् । उनीहरुबीच जनमतलाई मुख्यमन्त्री दिने सहमति भइसकेकाे छ । जनमतले सांसद् सतीशकुमार सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय पनि गरिसकेको छ । सरकारका लागि केहीबेरमा दाबी पेस गर्ने उनीहरुकाे तयारी छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !