प्रतिनिधि सभा बैठक बस्दै, आजदेखि बजेटमाथि मन्त्रालयगत छलफल
काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा बजेटमाथि मन्त्रालयगत शीर्षकमा छलफल हुने संसद् सचिवालयले जनाएकाे छ । आजदेखि जेठ ३२ गतेसम्म ६ दिन लगातार बस्ने प्रतिनिधि सभा बैठकमा बजेटमा मन्त्रालयगत शीर्षकमा छलफल हुनेछ ।
कांग्रेस सांसद् बद्री पाण्डेले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कांग्रेसका अर्का सांसद् पुष्पबहादुर शाहले युवा तथा खेलकुद मन्त्रालय र रमा कोइराला पौड्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च घटाइ एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव गर्ने राख्नुहुने कार्यसूचीछ ।
स्वतन्त्र सांसद् अमरेशकुमार सिंहले वन तथा वातावरण मन्त्रालयसहित ४ मन्त्रालयको खर्च एक रुपैयाँ गरियोस् भन्दै प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची पनि रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले पनि ४ वटा मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।