ललितपुरमा आजदेखि श्रमाधान रोजगार मेला
काठमाडाैं । ललितपुरमा आजदेखि श्रमाधान रोजगार मेला सुरु हुँदैछ ।
पाटन बहुमुखी क्याम्पसमा हुने मेलाको शिक्षा तथा विज्ञान प्रविधि मन्त्री सुमना श्रेष्ठले उद्घाटन गर्नुहुने कार्यक्रम छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल (डीपी) जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को ११२औं अन्तर्राष्ट्रिय श्रम सम्मेलन (आईएलसी) मा सहभागी हुन आइतबार जेनेभातर्फ जानुभएपछि शिक्षामन्त्रीले मेलाकाे उद्घाटन गर्न लाग्नुभएकाे हाे ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटल एशोसियसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग महासंघले मेलाको संयोजन गरेका छन् ।
भोलिसम्म चल्ने मेलामा ८० वटा निजी तथा सरकारी क्षेत्रका रोजगार कक्ष रहने श्रम मन्त्रालयले जनाएकाे छ ।
सरकारले यसअघि कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेला सम्पन्न गरिसकेकाे । गत जेठ १७ गतेदेखि मेला सुरु भएको थियाे । वाग्मतीकाे ललितपुरमा भाेलिसम्म चल्नेछ । श्रमाधान रोजगार मेलाको भोलि नै समापन गरिने मन्त्रालयले जनाएकाे छ ।












