२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल जारी रहने

प्रकाशित मिति :  ३० जेष्ठ २०८१, बुधबार ०८:०७


काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ।

बैठकमा सांसद् प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत शहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

सांसद् अमरेश कुमार सिंहले विनियोजन विधेयक, २०८१ अन्तर्गत शहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकम घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौती प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

सांसद् अजयकुमार चौरसियाले विनियोजन विधेयक, २०८१ अन्तर्गत शहरी विकास मन्त्रालय शीर्षकको खर्च रकम घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौती प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।

सांसद् राजेन्द्रकुमार केसीले विनियोजन विधेयक, २०८१ अन्तर्गत रक्षा मन्त्रालय शीर्षकको खर्च रकम घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

सांसद् सुरेन्द्रराज आचार्यले विनियोजन विधेयक, २०८१ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।

बैठकमा सांसद् जीवन परियारले विनियोजन विधेयक, २०८१ अन्तर्गत कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनी खर्च कटौती प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

बैठकमा सहरी विकास, रक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको बजेटमाथि पनि छलफल हुने संसद् सचिवालयले जनाएकाे छ ।

प्रतिनिधि सभामा हिजाे मंगलबारदेखि विनियाेजन विधेयकमाथि मन्त्रालयगत छलफल सुरु भएकाे हाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !