८ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

टी-२० विश्वकप क्रिकेट : नेपाल र श्रीलंकाबीचको खेल रद्द

प्रकाशित मिति :  ३० जेष्ठ २०८१, बुधबार ०८:१०


काठमाडाैं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

अमेरिकाकाे लडरहिलस्थित ब्रोवार्ड क्रिकेट मैदानमा हुने तय भएकाे नेपाल र श्रीलंकाबीचको खेल टस समेत नभई रद्द भएको हाे । याेसँगै नेपाल र श्रीलंकाले १-१ अंक बाँडेका छन् ।

बिहानैदेखिको परेकाे पानी साँझ केही समय रोकिएकाे थियाे । तर मैदानमा पानी जमेका कारण खेल हुन भने सकेन । खेल हेर्नका लागि ठूलाे संख्यामा नेपाली दर्शन मैदान पुगेका थिए । तर खेल नभएपछि उनीहरु निराश भएका छन् ।

दक्षिण अफ्रिकासँग र बंगलादेशसँग हार्दै लगातार २ खेलमा पराजित श्रीलंका विश्वकपबाट बाहिरिएको छ । पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको नेपालकाे आशा भने जिवितै छ ।

विश्वकपका बाँकी २ खेल खेल्न नेपाली टोली वेस्ट इण्डिज जानेछ । वेस्ट इण्डिजमा नेपाली टोलीले असार १ गते दक्षिण अफ्रिका र असार ३ गते बंगलादेशसँग खेल्नेछ ।

नेपालले समूह ‘डी’ बाट शीर्ष दुईमा रहेर सुपर आठमा पुग्न बाँकी दुवै खेल जित्नुपर्ने हुन्छ । यो समूहमा दक्षिण अफ्रिका ३ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !