१४ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

चीनमा स्नातक सके वेरोजगार बस्नु नपर्ने

प्रकाशित मिति :  ३० जेष्ठ २०८१, बुधबार ११:४७


बेइजिङ । चीनको मानव संशाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले उच्च शिक्षा अर्थात् कलेजबाट स्नातक सकेका विद्यार्थीलाई निश्चित रुपमा रोजगार दिने भएको छ ।
यसका लागि चीनले स्नातक सकेकाको लागि लक्षित गरी एक करोडभन्दा बढी रोजगारी उपलब्ध गराउने उद्देश्यले  १०० दिने भर्ती अभियान सुरु गरेको छ ।

अभियानको पहिलो हप्तामा चारवटा अनलाइन रोजगार मेलाहरू हुन्छन् भने । यसमा लगभग २६ हजार रोजगारदाताले इन्टरनेट, स्वास्थ्य सेवा, वित्त, ऊर्जा र उत्पादन क्षेत्रमा दुई लाख ५९ हजार रोजगारीको अवसर प्रदान गर्ने मन्त्रालयले जनाएको छ ।

अभियान विभिन्न अनलाइन प्लेटफर्मले विभिन्न अवधिमा हुने रोजगारीको वास्तविक तथ्याङ्कबारे जानकारी प्रकाशित गर्न, लाइभ स्ट्रिम गरिएको रोजगार मेलाको आयोजना गर्न र रोजगारीको अवसर खोज्नेहरूका लागि मार्गदर्शन प्रदान गर्न लाभदायी बन्नेछ ।

अभियानको एक भागको रूपमा व्यक्ति–व्यक्तिबीच कार्यक्रमहरू पनि आयोजना गरिनेछ ।

यो वर्ष मात्रै चीनमा एक करोड १७ लाखभन्दा बढी विद्यार्थीहरूले स्नातक गर्न लागेका छन् ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !