१४ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

चीनले दियो भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाईं

प्रकाशित मिति :  ३० जेष्ठ २०८१, बुधबार १३:११


बेइजिङ । चीनले भारतको लोकसभाको नतिजा आएको आठौं दिनमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएको छ ।

भारतमा लोकसभा चुनावको नतिजा आएको ८ दिनपछि प्रधानमन्त्री ली छ्याङले प्रधानमन्त्री मोदीलाई बधाई दिनुभएको हो ।

चिनियाँ प्रधानमन्त्रीले बधाई दिँदै भन्नुभएको छ– ‘चीन–भारत सम्बन्धको बलियो र स्थिर विकास देशहरूको हितका लागि मात्र होइन, यसले सम्पूर्ण क्षेत्र र विश्वमा स्थायित्व ल्याउन पनि काम गर्दछ ।’ यसो भन्दै ली छ्याङले थप भन्नुभयोे, ‘दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई सही दिशामा लैजान भारतसँग काम गर्न चीन तयार छ । यो दुवै देशका नागरिकका लागि पनि सही निर्णय हुनेछ ।’

यसअघि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई तेस्रो कार्यकालका लागि बधाई दिनुभएको थियो ।
यसपालिको भारतिय लोकसभाको चुनावमा नरेन्द्र मोदीको पार्टी भाजपालाई नराम्रो दक्का लगेको छ । आफ्नो भनिएको पकट निर्वाचन क्षेत्र समेत गुमेको छ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !