२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रियता जोगाउन नेकपा एमाले बलियाे हुनुपर्छ – ईश्वर पोखरेल

प्रकाशित मिति :  ३० जेष्ठ २०८१, बुधबार १५:३२


काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको राष्ट्रियता जोगाउन नेकपा एमाले बलियाे हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपालको स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले नेपाल माथि बाह्य हस्तक्षेप बढेकोले त्यसलाई जोगाउन नेकपा एमाले बलियो राष्ट्रिय शक्ति हुनुपर्ने बताउनुभयो । पोखरेलले एमाले कमजोर भयो भने नेपालको राष्ट्रियता र राष्ट्रिय अखण्डता कमजोर हुने टिप्पणी गर्नुभयो । ‘त्यस्तो नहोस् भन्नका लागि एउटा निर्णायक राष्ट्रिय शक्तिको रूपमा एमाले उभिनुपर्दछ, अनि मात्रै यो अवस्थालाई बदल्न सकिन्छ’, पोखरेलले भन्नुभयो ।

 

नेपालको अवस्था अहिले निक्कै कमजोर भएकोले विगतमा पुर्खाले लडेर देश बचाएको कुरा नबिर्सन पोखरेलले आग्रह गर्नुभयो । नेपाल दुई ठुलो शक्ति राष्ट्रहरूको बिचमा रहेको बताउँदी पोखरेलले ती मुलुक माथि हस्तक्षेप गर्ने नेपालाई कुनै पनि बेला प्रयोगको थलो बनाउने प्रयास हुने तर्फ सचेत गराउनुभयो । ‘त्यो हालतलाई नबदल्ने हो भने हामीलाई विदेशीले हेप्ने, छिमेकीले हेप्ने र सिद्ध्याउन बेर छैन’, उहाँले भन्नुभयो ।

पोखरेलले नेकपा एमाले सरकारमा जाँदा विगतमा नाकाबन्दी विरुद्ध डटेर लडेको स्मरण गराउनुभयो । एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा नेपालको चुच्चे नक्सा जारी भएको पनि उहाँले सम्झाउनुभयो ।

एमालेलाई बलियो शक्ति बनाउन एमालेको संगठन पनि सुदृढ हुनुपर्ने पोखरेलले बताउनुभयो । यस कार्यमा लाग्न उहाँले युवालाई आह्वान गर्नुभयो । एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन पार्टीले सुरु गरेको अभियानमा सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !