२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

स्थिर सरकार नबन्नाले राष्ट्रको उन्नति र प्रगति रोकियाे-शंकर पोखरेल

प्रकाशित मिति :  ३१ जेष्ठ २०८१, बिहीबार १५:२५


काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अस्थिरता र अराजकताको जगमा राष्ट्र बन्न नसक्ने बताउनुभएको छ ।

एमाले महालक्ष्मी नगर कमिटीको दोस्रो अधिवेशनकाे उद्घाटन समाराेहलाई बुधबार सम्बाेधन गर्दै महासचिव पोखरेलले देशमा कहिल्यै स्थिर सरकार नबन्नाले राष्ट्रको उन्नति र प्रगति रोकिएको बताउनुभयो । स्थिर सरकार नबनेकाले मुलुकमा विकासले गति पनि राेकिएकाे उहाँले बताउनुभयाे ।

देशमा प्रधानमन्त्री एक वर्ष पनि नटिक्ने र एउटा मन्त्रीले ६ महिना पनि काम गर्न नपाउने अवस्था भएपछि विकास योजना ठप्प हुनु स्वभाविक भएकाे महासचिव पाेखरेलकाे भनाइ थियाे ।

मतका हिसाबले सबैभन्दा ठूलो पार्टी बनेको एमालेले पनि कुल मतको स्थानीय तहमा ३३ प्रतिशत र आम चुनावमा २७ प्रतिशत मत पाए पनि बहुमत प्राप्त गर्न नसकेको भन्दै उहाँको कम्तिमा ४० प्रतिशत मत प्राप्त गर्न सके मात्र स्थिरतामा सहयोग पुग्ने बताउनुभयो ।

छिमेकी देश भारतमा नरेन्द्र मोदी र चीनमा सी चिनफिङ ३ कार्यकाल लगातार सरकार प्रमुख बन्ने तर नेपालमा प्रजातन्त्रपछि २८ जना प्रधानमन्त्री हुनु सबैभन्दा बिडम्बना भएको महासचिव पाेखरेलले बताउनुभयो । उहाँले भन्नुभयो – ‘देशको राजधानी काठमाडौंमा जनताले भोट दिएर राम्रो मत ल्याएको पार्टीले ५ वर्षमा जमानत जोगाउन नसक्ने स्थिति हुनुले जनता बढी जिम्मेवार हुनुपर्दछ, अमेरिकामा सबैभन्दा पुरानो दलले हालसम्म नेतृत्व गर्ने तर नेपालमा निर्वाचन पिच्छे जनताले नयाँ खोज्ने बानीले पनि अराजकतालाई स्थान दिएको छ, त्यसैले विचार र सिद्धान्त भएको पुरानै पार्टीमा नयाँ नेतृत्व खोजेर नयाँ बनाउन सकिन्छ ।’

स्वतन्त्र नाम दिएर पार्टी खोलेर जनता ढाट्नु अराजकताको अर्काे नमुना भएको टिप्पणी समेत महासचिव पाेखरेलले गर्नुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !